नेपालको पुँजी बजार नेप्सेमा क्यान्डलले हिजोकै अवस्था दोहोर्याएको छ । जसलाई बजारको घट्दो ट्रेन्डमा साइडवेज हिँड्ने प्रयासको रूपमा बुझ्न सकिन्छ । यस्तो अवस्थामा बजार एकुमुलेसनको चरणमा प्रवेश गरेको हुनसक्ने सङ्केत देखिए पनि, बजारको टर्नओभरले भने अझै पर्याप्त साथ दिन सकिरहेको छैन । आजको क्यान्डललाई सकारात्मक बुलिश सेन्टिमेन्ट क्यान्डलको रूपमा हेर्न सकिन्छ । यो साइडवेज र डाउन्ड्रेन्डको क्रममा बनेको “स्पिनिङ्ग टप“ क्यान्डल हो । विशेष गरी, यस क्यान्डलको रङ्ग हरियो रहेकोले, यसलाई प्राविधिक रूपमा केही सकारात्मक मान्न सकिन्छ ।
बजारबारे जानकार तथा लगानीकर्ता नवराज दाहालका अनुसार “बजार मिडल ब्यान्डभन्दा तल छ र आरएसआई पनि न्यूट्रल जोनभन्दा तल नै रहेको छ । कारोबारको हिसाबले, आज केही समयपछि हरियो क्यान्डलमा कारोबारको आकार बढेको देखियो, तर बजार खुल्दा नै सुस्त लयमा थियो, जसमा खासै ठूलो उतारचढाव नदेखिएको बताउँछन् । उनले भने ‘लगानीकर्तामा लगानी गर्ने रकम पर्याप्त रहेको छ । लगानीकर्ताले राखेका मागहरू लगभग सम्बोधन हुँदै छन् । नेपाल धितोपत्र बोर्ड सेबोन सकरात्मक भएर लगानीकर्तालाई साथ दियो भने बजार सकरात्मक हुनसक्छ । लगानीकर्ता पर्ख र हेरको अबस्थामा छन्”
आजको हाई २५५५ विन्दुमा बनेको थियो, जुन बजारको उच्चतम स्तर रह्यो, तर त्यसपछि बजारमा खासै मोमेन्टम देखिएन। अन्तिम १० मिनेटमा भने कारोबार राम्रो देखियो। यस दिन हाईड्रो क्षेत्रको कारोबार हिस्सा ५० प्रतिशतभन्दा तल झरेको थियो । आज उत्पादन र लगानी क्षेत्रको कारोबार केही बढेको देखिन्छ।







