काठमाडौँ । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा उल्लेखनीय गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा पुगेको छ।
शुक्रवार मात्र छापावाल सुनको मूल्य ३ लाख १४ हजार २ सय रूपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रवार प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २२५ रुपैयाँले घटेर ५ हजार २७० रूपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नु र डलरको सापेक्ष नेपाली रुपैयाँको सुदृढीकरणसँग सम्बन्धित रहेको कारण यसले आन्तरिक बजारमा पनि प्रत्यक्ष प्रभाव पार्दै आएकाले सुन र चाँदीको मूल्यमा गिरावट आएको महासंघको भनाई छ ।







