काठमाडौँ। पछिल्लो समय विभिन्न उत्सव, चाडपर्व र विशेष अवसरहरुमा महंगा उपहार, जिन्सी सरसामान तथा गहना दिनुको सट्टा जीवन बीमालेख उपहार दिने प्रचलन बढेको छ।

यसै क्रममा सैनामैना न.पा.–०८ निवासी प्रचण्ड भारीले आफ्नो छोरा प्रशान्त भारीको १९ औँ जन्मोत्सवको अवसरमा सन नेपाल लाइफबाट बीमांक रु २५ लाख भएको जीवन बीमालेख उपहार दिनुभएको छ।

आफ्नो छोराको जीवनमा आइपर्ने विभिन्न जोखिमहरुको विरुद्ध सुरक्षा र अनिवार्य बचतको हिसावले उत्कृष्ट हुने हुँदा निजले सो बीमालेख उपहार दिनुभएको बताउनुभयो ।

साथै सन नेपाल लाइफ इन्स्योरेन्समा आपतमा राहात, सन मेडिकेयर जस्तो नवीनतम सुविधा भएका कारण आफू अझै बढी प्रभावित भएको र यो सुविधा सबैले लिँदा आपतकालिन अवस्थामा धेरै नै सहज हुने पनि बताउनुभयो ।

सन नेपाल लाइफको मुर्गीया शाखा प्रवन्धक लक्ष्मी पाण्डेले बीमा क्षेत्रमा बीमालेख उपहार दिने प्रचलनले जीवन बीमाको विस्तार र विकासमा टेवा पुगेको बताउनुभयो ।