काठमाडौं। संघीय संसद्को दुवै सदनको अधिवेशन बैशाख २८ गते आह्वान गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
प्रवक्ता पोखरेलले यही वैशाख २८ गते दिउँसो २ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको बताए।







