काठमाडौं । बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्। ठूलो रकमको आर्थिक अपचलन आरोपमा उनी फरार रहेका थिए।

पक्राउ पर्नेमा तेह्रथुम घर भई फिदिम नगरपालिका–४ बस्ने ५८ वर्षीय सलिजा कान्दङ्वा रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार कान्दङ्वाविरुद्ध ४० लाख रुपैयाँ बिगो दाबी गरिएको बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। उनी पक्राउ परेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पाँचथर पठाइएको प्रहरीले जनाएको छ।