काठमाडौँ । गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार यस वर्ष मुस्लिम आयोगको जानकारी र पूर्वनिर्धारित राजपत्रीय व्यवस्था अनुसार बकर ईद सोही मितिमा परेकाले उक्त दिन सार्वजनिक बिदा लागू हुने स्पष्ट गरिएको हो।
यससँगै बिदाको लम्बिएको समय पनि बन्ने भएको छ। जेठ १५ गते गणतन्त्र दिवस को सार्वजनिक बिदा रहेको र त्यसपछि शनिबार तथा आइतबार नियमित बिदा पर्ने भएकाले लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ।
सरकारले धार्मिक र राष्ट्रिय पर्वहरूलाई ध्यानमा राख्दै बिदा व्यवस्थापन गर्दै आएको छ।






