काठमाडौं । नेपाल चिकित्सक संघले आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कुल बजेटको कम्तीमा १० प्रतिशत हिस्सा छुट्याउन सरकारसँग माग गरेको छ। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संघले स्वास्थ्य प्रणाली सुदृढ बनाउन यस्तो व्यवस्था आवश्यक रहेको जनाएको हो।
संघका अनुसार स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै चिकित्सकहरूलाई स्वदेशमै टिकाउने वातावरण निर्माण गर्नुपर्ने र नागरिकको मौलिक स्वास्थ्य अधिकार सुरक्षित गर्न बजेट वृद्धि अनिवार्य रहेको छ।
संघले बजेट विनियोजनसम्बन्धी विद्यमान अभ्यासमा सुधार आवश्यक रहेको उल्लेख गर्दै ६ बुँदे प्रस्तावसमेत अघि सारेको जनाएको छ।






