काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो वर्ष आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अनुमान गरिएको जानकारी दिएका हुन् । चालु आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने तथ्यांक कार्यालयले जनाएको छ ।

सरकारले आगामी वर्ष मूल्यवृद्धिदर ६ प्रतिशतभन्दा कम राख्ने लक्ष्य पनि तय गरेको छ ।

त्यस्तै, आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब रुपैयाँको बजेट ल्याइएको छ, जसअन्तर्गत चालु खर्च १२ खर्ब ७० अर्ब, पूँजीगत खर्च ४ खर्ब ३१ अर्ब र वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ ।