काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेट अत्यन्तै महत्वाकांक्षी रहेको बताएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेलगत्तै उनले राजस्व लक्ष्य र वैदेशिक ऋण प्राप्त गर्ने योजना व्यावहारिक नदेखिएको बताए ।
नेपाली कांग्रेसका नेता महतले बजेटले महत्वकांक्षी आम्दानी र खर्चको विवरण पेश गरेको बताए । ‘बजेटले एकदम एम्बिसियस आम्दानी र खर्चको विवरण पेश गरेको छ,’ उनले भने ।
नेता महतले अर्थमन्त्री वाग्लेले महत्त्वाकांक्षी आर्थिक विनियोजन र आम्दानीको ब्योहोरा प्रस्तुत गरेको पनि टिप्पणी गरे ।
१४ खर्बभन्दा माथि राजश्व जुटाउने र बाँकी आन्तरिक ऋण र बाह्य ऋणबाट लिने कुरा व्यवहारिक नभएको पूर्वअर्थमन्त्री महतको भनाइ छ ।
सरकारले खर्च गर्ने क्षमता जतिसकै ‘इम्प्रुभ’ सुधार गर्छु भने पनि सम्भव नभएको महतले जिकिर गरे ।
‘राजश्व जुटाउन पनि गाह्रो हुन्छ र खर्च गर्ने क्षमता पनि जतिसकै हामी इम्प्रुभ गर्छौं, अब हामी दुईतिहाइको सरकार हो, हामी सक्छौं भने पनि त्यो सम्भव छैन,’ उनले भने ।
खर्च गर्ने क्षमता बारेमा ‘ओभर टार्गेट’ गरेका कारण समग्रमा कार्यान्वयन गर्न कठिन रहेको महतको भनाइ छ ।
उनले बजेटमा कतिपय राम्रा कुराहरू पनि समेटिएको बताए । ‘बजेटमा कतिपय राम्रा कुराहरू पनि समेटिएका छन्,’ महतले भने, ‘जहाँसम्म राम्रो कुराहरू छन्, त्यसमा कर्मचारीको तलब वृद्धि पनि पर्छ ।
तर, पूर्वअर्थमन्त्री महतले विगत केही वर्षदेखि तलब वृद्धि नभएका कारण जुन सुकै सरकार आएको पनि पनि कर्मचारीको तलब बढाउनु पर्ने अवस्था रहेकोसमेत बताए ।
म






