काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोड रुपैयाँसम्मको कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंक तथा फाइनान्स कम्पनीहरुको नाममा परिपत्र गर्दै यस्तो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएपछी बैंक तथा वित्तीय संस्थाहरुले पाँच करोडसम्मको कर्जा पुनर्तालिकीकरण गर्न सक्ने भएका हुन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपन्छी पालन, शिक्षा, स्वास्थ्यसँग सम्बन्धित कर्जा र बाढी, पहिरो, निर्माण ,भूकम्पजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित परियोजनामा लगानी रहेको कर्जा पुनर्तालिकीकरण गर्न सकिने बताइएको छ ।
पाँच करोडसम्म अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने व्याजको कम्तीमा १० प्रतिशत रकम असुल उपर गरी शर्तअनुसार कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने कुरा राष्ट्र बैंकले दिएको निर्देशनमा उल्लेख गरिएको छ ।उक्त परिपत्रमा उल्लेख भए अनुसार, २०७९ चैत मसान्तसम्म सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न समेत सकिने छ ।







