काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिसका आधारमा उक्त अध्यादेश जारी गरिएको हो।
संविधानको धारा ११४ को उपधारा (१) अनुसार ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि संवैधानिक परिषद्, केही नेपाल ऐन, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विश्वविद्यालय तथा सार्वजनिक पदाधिकारी पदमुक्तिसम्बन्धी अन्य अध्यादेशहरू पनि राष्ट्रपतिसमक्ष पेश गरिएको थियो।
ती अन्य अध्यादेशबारे भने राष्ट्रपति पौडेलले संविधानविद्हरूसँग परामर्श गरिरहेका छन्।







