काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ ।
न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।
त्यस्तै भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाल र पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा आदेश दिएको छ ।
शुक्रबार न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रिजाल र केसीलाई धरौटीमा छोड्न आदेश दिएको हो । अदालतले रिजालसँग १५ लाख र केसीसँग १० लाख रुपैयाँ धरौटी मागेको छ ।







