काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी नेपाली काँग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।
पूर्व गृहमन्त्री खाणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश अनुसार प्रक्रिया पुर्याउन जिल्ला अदालतमा खाणलाई उपस्थित गराइएको हो ।
खाणले काठमाडौँ जिल्ला अदालत पुगेर ३० लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र खाणलाई छोडिने स्रोतको जानकारी।







