काठमाडौँ। आज साताको अन्तिम कारोबारका दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । चर्को मूल्य कायम हुँदै इतिहासकै महँगो बनेको सुनको मूल्यमा आज प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज १३ सय रुपैयाँले घटेसँगै मूल्य प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य हालसम्मकै महँगो बनेको थियो।

त्यस दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ तेजावी सुनको मूल्य १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला  १ हजार ६ सय १५ रुपैयाँ कायम भएको छ ।