काठमाडौँ । निरन्तर बढेर प्रतितोला २ लाखको मुखैमा पुगेको सुनको मूल्यमा आज ब्रेक लागेको छ । आज सुन तोलामा दुई हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सोमबार सुन तोलामा एक लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो । यता, चाँदीको मूल्य प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







