काठमाडौँ । अघिल्लो दिन भारी अंकले घटेको सुनको मूल्यमा आज सामान्य अंकले बढेको छ । नेपाली बजारमा आज सुनको प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबाका दिन सुनको भाउमा ७ हजार ५ सय रुपैयाँको गिरावट आएको थियो । आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँ कायम छ ।