काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रवारका लागि सुन तथा चाँदीको मूल्य सूची निर्धारण गरेको छ ।  जसअनुसार आज सुनको मूल्यमा कुनैपनि घटबढ भएको छैन ।

आज सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि यही मूल्य कायम थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ ।

आज चाँदी आज ७५ रुपैयाँले महँगिँदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदीको कारोबार प्रतितोला २ हजार ७५ रुपैयाँमा भएको थियो ।