काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढ्दै ३ लाख ९ हजार ९०० रुपैयाँमा निर्धारण गरिएको छ। यसअघि सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यससँगै चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको छ। आज चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ३३५ रुपैयाँ पुगेको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २६५ रुपैयाँ रहेको थियो।