काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। आज सुनको मूल्य प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन भने यही सुन २ लाख ८८ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १०० रुपैयाँले सस्तो हुँदै ४ हजार ८२० रुपैयाँमा झरेको छ, हिजो चाँदीको मूल्य प्रतितोला ४ हजार ९२० रुपैयाँ थियो।







