काठमाडौँ। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य १०० रुपैँयाले बढेको छ।

आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ सय रूपैयाँले वृद्धि भएर ३ लाख ९ हजार ५ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। आइतबार प्रतितोला ५ हजार २७० रूपैयाँ रहेको चाँदी सोमबार ५ रूपैयाँले घट्दै ५ हजार २६५ रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।