काठमाडौँ। नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो केही कारोबार यता स्थानीय बजारमा सुनको मूल्यमा दैनिक जसो गिरावट देखिएको छ ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन एक तोला सुनको कारोबार १ लाख ९१ हजार १ सय रुपैयाँमा भएको थियो । उक्त दिन पनि सुनको मूल्य ७ सयले ओरालो लागेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।







