काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ। आज मङ्गलवारका दिन घरेलु बजारमा सुनको प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला १ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यसै गरी आज तेजावी सुनको मूल्य पनि १ सय सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।







