काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याएको जनाएका छन् ।
उनले लगानी सम्मेलनका अवसरमा उद्योग विभागबाट ९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत भएको पत्र आज तीन जना लगानीकर्तालाई हस्तान्तरण गरिएको बताए ।
सामाजिक सञ्जाल एक्समार्फत उनले वैदेशिक लगानीका लागि उद्योग विभागको वेबसाइट doind.gov.np मा गई निवेदन दिएर लगानी स्वीकृत गराउन सकिने बताएका हुन् ।
भण्डारीले लगानी सम्मेलनका अवसरमा उद्योग विभागबाट ९ अर्ब १३ करोडको विदेशी लगानी स्वीकृत भएको पत्र आज तीन जना लगानीकर्तालाई हस्तान्तरण गरिएको जनाएका छन्।
उद्योग विभागमा आएका प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेको हो । स्वीकृतमध्ये एउटा ६ अर्बको लगानी प्रस्तावमा चिनियाँ इन्भेस्टमेन्ट कम्पनीमार्फत प्रतिबद्धता जनाइएको छ ।
भने अर्को बिजनेस कम्प्लेक्स बनाउने प्रस्ताव छ, जुन ३ अर्बको हुनेछ । त्यस्तै तेस्रो लगानी बेलायती लगानीकर्ताले गर्नेछन्। १३ करोडको यो प्रस्तावमा २ सय किलोवाटको जलविद्युत् आयोजना बनाउने विषय उल्लेख गरिएको छ ।







