सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रिले सोमवार पत्रकार सम्मेलन सम्पन्न गरेको छ ।
सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूलाई आधार मानेर श्री केश हेयर ओयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा पत्रकार सम्मेलन गरिएको हो ।
श्री केश हेयर ओयल नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त कम्पनी भएको उत्पादनले ट्रेडमार्क समेत प्राप्त गरिसकेको छ जानकारी गराएको छ ।
साथै यस तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको जानकारी जानकारी गराएको छ ।
यस कम्पनीले जडीबुटी सङ्कलक, किसान, जडीबुटी बिक्रेता उद्योगमा काम गर्ने कर्मचारी, बिक्री वितरणमा काम गर्ने कर्मचारी गरी सयौँ जनालाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको कम्पनीको भनाई छ ।
जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन,स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना रहेको छ कम्पनीको भनाई छ ।
नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुनेछ भन्ने आशा लिएको कम्पनीको भनाई छ । नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको टिका बुढाथोकीको भनाई छ ।
कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै कम्पनीका प्रबन्धक बुढाथोकीले देशका लागि देशमै बसेर देशका किसानहरूको आय आर्जन बढाउन आफूहरूले कार्य गर्दै आएको बताए । सबैको साथ सहयोगबाट श्री केश अहिलेको अवस्थामा आएको र आगामी दिनमा पनि सबैको साथ सहयोग रहने बुढाथोकीको भनाई छ ।
आयुर्वेद चिकित्सक डा.सविन दवाडीले नेपाल सरकारी निकायहरूबाट आधिकारिक रूपमा प्रमाणित गरिएको तेल रहेको प्रतिक्रिया दिएका छन्। उनले श्री केश तेल मानिसको कपालका लागि लाभदायक रहेको प्रतिक्रिया दिँदै बजारमा आएजस्तो भ्रममा नपर्न अनुरोध गरेको हुन् ।






