काठमाडौँ । हिमालयन बैंकका ६ जना संस्थापक सेयर धनीले आफ्नो स्वामित्वमा रहेको ५० लाख ९१ हजार ८१८ कित्ता सेयर बिक्रीमा राख्ने भएका छन् ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज जेठ ३० गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौँमा के कति सेयर खरिद गर्ने सोको ब्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ।

संस्थापक शेयरहरूको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ । सो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।