काठमाडौँ । हिमालयन बैंकले निष्कासन गरेको एफपीओ आगामी साता बाँडफाँड हुने भएको छ। आश्वा सदस्य बैंकसँग कन्फरमेशनको काम बाँकी रहेको कारण आइपीओ निष्कासन प्रक्रिया लम्बिएको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।

बैंकको एफपीओ अर्को साता मात्रै बाँडफाँड हुने छ। अर्को साताको सुरुवातमै एफपीओ बाँडफाँड गर्ने क्यापिटलको तयारी छ। यो एफपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ। एफपीओमा १७ लाख बढी आवेदकले आवेदन दिएका छन्।

बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्कासन गरेको हो। बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ पनि गोला प्रथाबाट बाँडफाँड हुने छ। जसमा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ता शेयर पाउने देखिन्छ।