काठमाडौं । एफपीओ निष्कासनका लागि हिमालयन बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले एफपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो ।
बैंकले कुल ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गर्नेछ । एफपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणका लागि न्यूनतम ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्था अनुसार ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपीओ जारी गर्न लागेको हो। हाल सर्वसाधारणका लागि बैंकको सेयर हिस्सा २७ प्रतिशत छ ।






