काठमाडौँ । असार २८ गते शुक्रवारका दिन पाँचौंपटक विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई जनता समाजवादी पार्टी (जसपा) ले विश्वासको मत नदिने भएको छ ।
आज ९बिहीबार९ बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रतिनिधिसभामा पेस गर्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
उपेन्द्र यादव नेतृत्वको जसपा, नेपालबाट हालै अलग भएको अशोक राई नेतृत्वको जसपामा बाट प्रतिनिधिसभामा ७ जना सांसद छन्।
यता सत्तारुढ हुँदै गरेका ठूला दुई दल क्रमशः कांग्रेस र एमालेले असार २८ प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मतमा मतदान नगर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो। बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिएका छन् ।







