काठमाडौँ । अटेरी गर्ने १० वटा निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न प्रक्रिया अघि बढाएको छ।

उल्लेखित कम्पनीलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारिसको आधारमा कालोसूचीमा राख्न लागिएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्नका लागि आग्रह गरेको छ।

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न आग्रह गरेको थियो। तर उक्त अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया थालिएको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।