काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका लागि उद्योगपति इलोन मस्कसँग चुनावी अभियानका लागि साढे ७ करोड अमेरिकी डलर रकम लिएको खुलेको छ ।
विश्वका धनी व्यक्तिमध्येका एक इलन मस्कले रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनावी अभियानका उक्त रकम दिएको खुलेको सरकारी अनुसन्धानवाट खुलेको हो ।
मस्क टेस्ला, स्पेश एक्स र सामाजिक सञ्जाल एक्स (ट्विटर)का मालिक हुन् ।
सरकारी अनुसन्धान अधिकारीका अनुसार इलन मस्कले ट्रम्पको समर्थक अभियान समूह ‘अमेरिका पीएसी’लाई ३ महिनामा करिब साढे ७ करोड अमेरिकी डलर रकम दिएको खुलेको हो ।
जुलाईमा ट्रम्पमाथि भएको हमलापछि मस्कले खुलेरै उनीमाथि समर्थन जनाएका थिए ।






