काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ । महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।