काठमाडौँ । आईपीओ निष्काशनको अनुमति माग गर्दै दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
स्टार माइक्रो इन्स्योरेन्स लिमिटेड र हिम पर्वत हाइड्रोपावर लिमिटेडले स्टारले मङ्सिर ९ गते र हिम पर्वतले मङ्सिर ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको हो ।
स्टार माइक्रोले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले शेयर निष्काशन गर्ने भएको छ। शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
त्यस्तै हिमपर्वतले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
हिम पवर्तले दोलखामा २० मेगावाटको सागु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।







