काठमाडौं । नेप्से सूचकको बढ्नेक्रमले लगातार एक साता पार गरेको छ । साताको तेस्रो कारोबारका दिन मंगलबार सूचक ७.१३ विन्दुले बढेर २७६५.८८ अंकमा आइपुगेको छ।
आज शेयर बजारमा आज ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ९० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा भने कारोबार रकममा गिरावट आएको छ ।
आज २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ७ वटा समूहको सूचक बढेको छ। आम लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्दै गएको कारण पुँजी बजारमा चमक आएको हो ।
आज उत्पादन क्षेत्रको ०.१८, जीवन बीमा ०.८१, लगानी ०.७७, होटल तथा पर्यटन ०.०५ र बैंकिङ सेक्टर ०.०२ प्रतिशतले बढेको छ । भने विकास बैंकको ०.१२, फाइनान्स ०.७१, माइक्रो फाइनान्स ०.१५, निर्जीवन बीमा ०.२८ र व्यापार समूह २.५१ प्रतिशतले घटेको छ ।
गत साता यता सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । कारोबार रकममा समग्रमा सुधार भइरहेको छ। नेप्से सूचक पनि बढ्दोक्रममा छ । यी तथ्यहरुका आधारमा अब बजारले थप उचाईको तयारी गरिरहेको विश्लेषण अनुमान लाउन सकिन्छ ।
यस दिन ३ सय १२ कम्पनीको १ करोड ७८ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । भने, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एचआइडीसीएल रहेका छन् ।







