काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा आज ९फागुन २५ गते० बस्दैछ । सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने भएको छ ।
सभामा कम्पनीले सेयरधनीलाई ९.७३ प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, फागुन ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।







