काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो २६ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सोही सभाले संस्थापक समूहबाट ६ जना संचालकहरु निर्विरोध निर्वाचित गरेको हो ।

सभाले विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल, हेम राज ढकाल र कृति टिवडेवाल सहित सर्वसाधारण समूहतर्फ राजेन्द्र सिंह भण्डारी र अमित अग्रवाललाई निर्वाचित गरेको छ।

संचालक समितिका अध्यक्ष ढकालले प्रस्तुत गत आर्थिक वर्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । सभा लैनचौ बैंकक्विटमा सम्पन्न भएको थियो भने निर्वाचित संचालकहरुको कार्यअवधि चार वर्ष रहने सोही सभामा जानकारी दिइयो ।