काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा.मदन घिमिरे पुनः नियुक्त भएका छन् ।

कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको १७४ औं बैठको निर्णयअनुसार, २०८२ वैशाख १ गते देखि लागू हुने गरी घिमिरे सो पदमा पुनः नियुक्त भएका हुन्।

साथै, घिमिरेको कार्यकाल आगामी ४ वर्षको हुनेछ। घिमिरे सो पदमा दोस्रो पटक नियुक्त भएका हुन् ।