काठमाडौँ । टाइल ब्रान्ड कजारियाले झापाको दमक, बेलडाँगी रोडमा अत्याधुनिक शोरूम उद्घाटन गर्दै नेपालमा आफ्नो बजार सुदृढ गरेको छ। न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्सद्वारा सञ्चालित यो शोरूमले ग्राहकलाई डिजाइन–केन्द्रित आधुनिक खरिद अनुभव दिने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा दमक नगरपालिकाका मेयर राम कुमार थापाले रिबन काटी शोरूमको औपचारिक सुरुवात गर्नुभयो। सो अवसरमा कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारीको उपस्थिति रह्यो।

मेयर थापाले दमकमा भएको लगानीलाई स्वागत गर्दै उक्त शोरूमले स्थानीयस्तरमा आन्तरिक सजावट समाधानको स्तर बढाउने विश्वास व्यक्त गर्नुभयो। निर्देशक अग्रवालले अन्तर्राष्ट्रिय गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु कजारियाको लक्ष्य रहेको बताए।

कम्पनीले नेपालकै ठूलो टाइल उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ। ४,००० भन्दा बढी विशेष डिजाइनका विकल्पहरू प्रस्तुत गर्ने कजारियाले ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कमार्फत बजार विस्तार गरिरहेको छ।

उच्च गुणस्तर, टिकाउपन र नविन डिजाइनका कारण कजारिया नेपालमा लक्जरी जीवनशैलीलाई नयाँ परिभाषा दिँदै अगाडि बढिरहेको कम्पनीको दाबी छ।