काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले लाभांश घोषणा गरेको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई १.५ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २१ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले पुस ८ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ पुस ७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागि हुन र लाभांश हात पार्न सक्नेछन् ।