काठमाडौँ। स्थानीय बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ ४ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। यसअघि सोमबार भने एक तोला सुन २ लाख ९१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार चाँदीको भाउ ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८२० रुपैयाँ कायम भएको छ।






