काठमाडौं। सुनचाँदीको मूल्यमा आज उल्लेखनीय वृद्धि देखिएको छ। बुधबार, छापावाल सुनको भाउ एकैदिन ७ हजार २ सय रुपैयाँले उकालो लागेर प्रतितोला २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
मंगलबार भने सुन प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो, जसअनुसार आज उल्लेख्य बढोत्तरी भएको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला ४ हजार ८२० रुपैयाँ रहेको चाँदी आज २०५ रुपैयाँले महँगिएर ५ हजार २५ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्य वृद्धि भएको हो।







