काठमाडौं। आमाको मुख हेर्ने दिनको अवसरमा सुन खरिद गर्न चाहनेहरूका लागि आज केही राहत देखिएको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ घटेको हो। सुन आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा किनबेच भएकोमा आज यसको मूल्य घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा झरेको हो।

यसैगरी, चाँदीको भाउ पनि ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ रहेको चाँदी आज ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।