काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ।
कम्पनी सञ्चालक समितिको बैशाख ७ गते बसेको बैठकले सञ्चालक डा. रामहरि अर्याल, उषा ढकाल, सिताराम थापा र संदीप अग्रवालको पदावधि आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि थप गर्ने निर्णय भएको हो।

यी चार जना सञ्चालकहरूको पदावधि यही बैशाख १३ गते समाप्त हुने भएकोले आगामी साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने निर्णय कम्पनीले जनाएको छ।







