काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका छन्। बिहीबार राती पौडेलले उक्त अध्यादेश जारी गरेका हुन ।

बिहीबार नै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । तर सरकारले यसअघि पठाएका ४ अध्यादेश भने अझै स्वीकृत हुन बाँकी छ ।

स्वीकृत हुन बाँकी अध्यादेशका बारेमा राष्ट्रपति रामचन्द्र पौडेल संविधानविद्हरुसँग छलफलमा रहेका बताइएको छ।