काठमाडौं ।  महिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले संस्थापक समूहअन्तर्गतका ८४ हजार ५३७ कित्ता सेयर लिलामीमार्फत बिक्रीका लागि खुला गरेको छ। दुई संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया सुरु गरिएको हो।

संस्थाले जारी गरेको सूचनाअनुसार व्यक्तिगत लगानीकर्ता, कम्पनी तथा संघ–संस्थाले समेत आवेदन दिन सक्नेछन्। इच्छुकहरूले जेठ ८ गतेभित्र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ मा आवेदन पुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ।

सेयरको आधारभूत मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकिएको छ। आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध सेयरसम्मका लागि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।