काठमाडौं । चैत २५ गतेदेखि कुल जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता सेयर लिलामी गर्ने भएको छ ।
आज एक सूचना प्रकाशन गर्दै कम्पनीले संस्थापक समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको जनाएको छ। लिलामीमा जो कोही व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्ने एचआइडीसीएलको भनाई छ । यसमा वैशाख ९ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ। न्यूनतम १०० रुपैयाँलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्नुपर्नेछ ।
यसमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको शंखमुल नयाँबानेश्वर काठमाडौंबाट बोलपत्र आवेदन फारम लिन र बुझाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सकिन्छ ।