काठमाडौँ । सूर्य ज्योति लाइफ इन्सुरेन्सको ३ लाख कित्ता संस्थापक समूहको सेयर लिलामीमा आवेदन दिने आज (असार ११ गते) अन्तिम दिन रहेको छ ।
एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको उक्त सेयरमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
सेयर खरिदका लागि विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन्।लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौँ, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरू विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।






