काठमाण्डौ। हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आफ्नो संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ।

स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरिएको छ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जो कोहि व्यक्ति कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ।

सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्नुपर्नेछ। आवेदन पेश गर्ने अन्तिम मिति चैत २० गते रहेको छ ।