ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न जाने दर्शनार्थीहरुले एक महिनामा रु एक करोड छ लाख २८ हजार बढी भेटी चढाएका छन्।

वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्।

गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।