काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढ्दा पनि ५९ वटा कम्पनीको मूल्यमा गिरावट देखिएको छ ।
साताको कारोबार अन्तिम दिन नेप्से परिसूचक १६.३८ अंकले बढेर २७५८.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ८ लाख ४७ हजार कित्ता सेयर ४ अर्ब ४८ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।
यस्तै, २०२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर १४.८१%, माबिलुङ इनर्जीमा ९.६४ प्रतिशतले बढेको छ ।
त्यस्तै, कारोबार बढ्दा पनि एनआईसी एसिया ब्यालेन्स्ड फण्डमा सबभन्दा बढी गिरावट देखियो । यस्तै, ग्लोबल आईएमई सम्मुनत योजना–२, एसबीएल डिवेन्चर, सानिमा बैंक लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था, मैलुुङ्ग खोला जलविद्युत कम्पनी, कुमारी धनवृद्धि योजना, एनएमबी हाइब्रिड फण्ड एल–२, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र महिला लघुवित्त वित्तीय संस्थामा क्रमशः भारी गिरावट भएको छ ।







