काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाली चियाको भारततर्फको निर्यातमा देखिएको नीतिगत समस्या समाधान भएको जनाएको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्ड अफ इन्डिया द्वारा जारी निर्देशिकाले सिर्जना गरेको अवरोध कूटनीतिक पहलमार्फत हटाइएको जानकारी दिए।

उनका अनुसार नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयबीच भएको निरन्तर समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेको छ। यससँगै नेपाली चियाको भारत निर्यात पुनः सहज बनेको बताइएको छ।